नक्कली भुटानी शरणार्थी प्रकरणका समाचारमा नाम जोडिंदा बालकृष्ण खाणले जनाए आपत्ति

नक्कली भुटानी शरणार्थी प्रकरणका समाचारमा नाम जोडिंदा बालकृष्ण खाणले जनाए आपत्ति

काठमाडौं : पूर्वगृहमन्त्री बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न सञ्चारमाध्यममा आफ्नो पनि संलग्नता रहेको बारे समाचार प्रकाशित भएकोमा आपत्ति जनाएका छन्।

उनले आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै यस्ता तथ्यहिन समाचारले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन्। उनले यस्ता समाचार संप्रेशित नगरी दिन पनि अनुरोध गरेका छन्।

उनले भनेका छन्, ‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ।’​​​​​​​

वैशाख २३, २०८० शनिबार १३:०८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।