१३ वर्षीया बालिका बलात्कार अभियोगमा दुईजना पक्राउ

बर्दिया : १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिकाबाट दुई जना पक्राउ परेका छन्।
राजापुर नगरपालिका-६ जोगीपुर बस्ने २६ वर्षीय राजाराम थारु र सोही ठाउँ बस्ने २२ वर्षीय शनीराम थारुलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले ती बालिकालाई गत बुधबार राति जबर्जस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
वैशाख २३, २०८० शनिबार १०:५८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।