चितवनमा विगत सात वर्षमा ३० वटा बाघ मरे

चितवनमा विगत सात वर्षमा ३० वटा बाघ मरे

चितवन : चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा विगत सात वर्षमा ३० वटा बाघ मरेका छन्। आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्मको अवधिमा मर्ने बाघको संख्या ३० पुगिसकेको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ वटा भाले र आठ वटा पोथी रहेका छन्। बाँकी आठ वटाको भने पहिचान खुलेको छैन।

उनका अनुसार मृत भेटिएका बाघमा बुढो भएर आठ वटा, आपसमा जुधेर आठ वटा, उपचारका क्रममा पाँच वटा, बिरामी भएर एउटा र विष सेवनबाट तीन वटाको ज्यान गएको हो। अन्य पाँच वटाको मृत्युको कारण भने खुलेको छैन।

२०७८/०७९ मा ६ वटा बाघ मृत भेटिएकामा यस चालु आवमा भने हालसम्म बाघ मृत भेटिएको छैन। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेको छ।

वैशाख २३, २०८० शनिबार ०९:५६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।