जगदम्बा स्टिल्सले ल्यायो ‘फेब्रिकेटर्स रिवार्ड योजना’

काठमाडौं : जगदम्बा स्टील्स लिमिटेडसँगको साझेदारीमा ग्रिल तथा स्टिल फेब्रिकेटर्स महासंघ नेपालले आफ्नो २८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
नवौं राष्ट्रिय सम्मेलन तथा २९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको वार्षिक साधारणसभामा जगदम्बा स्टिल्सले ग्याल्भाल्यूम रंगीन जस्तापाता, जगदम्बा सुपरसाइन र जगदम्बा गाल्भा प्लसका लागि नयाँ अभियान ‘फेब्रिकेटर्स रिवार्ड योजना’ सार्वजनिक गरेको हो।
यस अभियान मार्फत जगदम्बा स्टिल्सले आफ्नो ग्याल्भालुम रंगीन जस्तापातालाई परियोजनाहरूमा प्रयोग गर्ने महासंघका सदस्य फ्याब्रिकेटरहरूलाई रिवार्ड प्रदान गर्दै दुर्घटना बीमाका माध्यमबाट उनीहरुको विकासमा सहयोग र सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
कम्पनीका अनुसार फ्याब्रिकेटर्स रिवार्ड योजना फ्याब्रिकेटर्सहरुलाई प्रोत्साहन गर्न र लाभ प्रदान गर्न तयार गरिएको योजना हो।
यस योजना अन्तर्गत जगदम्बा सुपरसाइन वा जगदम्बा गाल्भा प्लस प्रति वर्ष ५ देखि १० टन किन्ने फ्याब्रिकेटर्सले प्रतिकिलोग्राम १ रुपैयाँ र प्रति वर्ष १० टन भन्दा बढी किन्नेले प्रतिकिलोग्राम १.५० रुपैयाँ प्राप्त गर्नेछन्। जसमा ५ लाख बराबरको एक वर्षको दुर्घटना बीमा पनि समावेश गरिनेछ।
साधारणसभाको उद्घाटनमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा स्टिल फ्याब्रिकसन उद्योगको विकास र विकासमा महासंघ र यसका सदस्यहरूले पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष मोहन कटुवाल र जगदम्बा स्टिल्सका महाप्रबन्धक मनोज तिवारीले नेपालमा स्टिल फ्याब्रिकसन उद्योगको महत्व, यसको विकास र प्रवर्द्धनमा महासंघको भूमिकाबारे प्रकाश पारेका थिए।
वैशाख २३, २०८० शनिबार ०८:५८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।