इलाममा घर बनाउने क्रममा ढिस्कोले पुरिएर ४ भारतीयको मृत्यु

इलाम : इलाममा ढिस्कोले पुरिएर चार जना भारतीयको मृत्यु भएको छ।
इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा घर बनाउने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार स्थानीय विनोद श्रेष्ठको घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो।
मृत्यु हुनेमा बिहार किसानगञ्जका तोसिव आलम, अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेको प्रहरीले जनाएको छ।
वैशाख २३, २०८० शनिबार ०७:२०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।