अवस्था आए प्रधानमन्त्री हुनबाट पछि हट्दिनँः रवि लामिछाने

काठमाडौँः रास्वपा सभापति रवि लामिछानेले अवस्थाअनुसार आफू प्रधानमन्त्री हुन सक्ने बताएका छन्।
आज सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयपछि पत्रकारसँग उनले आवश्यकता पुष्टि भए उक्त जिम्मेवारीबाट पछि नहट्ने बताए।
'कुनै पनि लजिकल हुन्छ। आवश्यकता पुष्टि भयो भने त्यो जिम्मेवारीबाट पछि हट्दिनँ,' लामिछानले भने, 'अहिले प्रतिपक्षीमा बस्न मतदाताले मत दिए।'
तपाईंहरूले सरकार छाड्दा प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आयो नि भन्ने प्रश्नमा लामिछानले भने, 'अस्थिरता नहोस् भन्ने चाहना हो। डेलिभर गर्न नसक्ने, आम जनताका गुनासा सम्बोधन हुन नसक्ने, सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो, यसको महत्वपूर्ण बुँदा नै गायब गर्दिने। यस्तो कुरा भइरहँदा अस्थिरता नहोस् भन्ने काममा हामीले सरकारलाई बोकिरहनुपर्छ भन्ने छैन।'
वैशाख २२, २०८० शुक्रबार १९:५५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।