संखुवासभा हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

संखुवासभा हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँः संखुवासभा भोटखोला-४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए। 

सवार अन्य चार जना गम्भीर घाइतेको उपचार चलिरहेको उनले बताए।

आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । 

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए।

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। 

वैशाख २२, २०८० शुक्रबार १६:३४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।