संखुवासभा हेलिकोप्टर दुर्घटनाका गम्भीर घाइते ३ जनालाई काठमाडौं ल्याइयो

संखुवासभा हेलिकोप्टर दुर्घटनाका गम्भीर घाइते ३ जनालाई काठमाडौं ल्याइयो

काठमाडौंः संखुवासभामा हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। 

गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई काठमाडौं ल्याइएको र सामान्य घाइते भएका २ जनालाई भने खाँदबारीमै उपचार गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आज दिउँसो भएको सिम्रिक एअरको हेलिकोप्टर दुर्घटनामा ५ जना घाइते भएका थिए । घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भवीन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् ।

वैशाख २२, २०८० शुक्रबार १६:०२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।