नवलपुर अदालतले सुनायो बालिका बलात्कार कसुरमा ११ वर्ष कैद सजाय

नवलपरासी : नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजाय सुनाएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–९ का मोहन पुनले १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले सो सजाय सुनाएको हो।
जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलका अनुसार न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्ति भर्नुपर्ने आदेश दिएको छ।
पीडित बालिकालाई पुनले २०७७ साल भदौ १८ गते बलात्कार गरेको अभियोगमा २०७७ साल असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासीमा उजुरी दर्ता भएको थियो।
उजुरीपछि २०७७ साल कात्तिक ३ गते गिरफ्तार भएका पुनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।
वैशाख २२, २०८० शुक्रबार १३:४८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।