पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेपछि प्रहरीको फन्दामा

पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेपछि प्रहरीको फन्दामा

काठमाडौं : पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल नगरपालिका-१० पाथेका घर भइ काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २२ वर्षीय सुरज राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

 उनले पीडितबाट पटकपटक गरी ३ लाख ४२ हजार रूपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार गरेको थियो।

पीडितलाई वैदेशिक रोजगारका लागि पोर्चुगल जानको लागि ९ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि होटलमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै उनले प्रलोभनमा पारेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१० बुद्धनगरबाट पक्राउ गरेको हो। 

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।

वैशाख २२, २०८० शुक्रबार १२:४६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।