जनप्रशासन क्याम्पसमा भएको भ्रष्टाचारको छानबिन गर्न तीन विद्यार्थी संगठनको माग

जनप्रशासन क्याम्पसमा भएको भ्रष्टाचारको छानबिन गर्न तीन विद्यार्थी संगठनको माग

काठमाडौं : जन-प्रशासन क्याम्पसको लेखा शाखाले विद्यार्थीको धरौटी रकम हिनामिना गरेको लगायत भ्रष्टाचारका विषयमा निष्पक्ष छानबिनका लागि तीन विद्यार्थी संगठनले माग गरेका छन्।

१० दिन लगाएर क्याम्पसको आन्तरिक छानबिनले क्याम्पसको लेखा शाखाका कर्मचारीले विद्यार्थीको धरौटी रकम हिनामिना गरेको खुलेको हो।

यसै सम्बन्धमा छानबिन र कारबाहीका लागि स्वतन्त्र विद्यार्थी नेपाल, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘जनप्रशासन क्याम्पसमा भएको चरम आर्थिक अनियमितता, स्ववियु फन्डको चरम हिनामिना, विद्यार्थीको धरौटी र छात्रवृत्तिबापतको रकम हिनामिनाका साथै प्रोफेसरले कपि जाँचेबापतको पारिश्रमिक रकम हिनामिना सहित अन्य आर्थिक अनियमितता तथा क्याम्पसमा अधिकारको चरम दुरुपयोग प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

‘देश कै उच्च तहको प्रशासनिक क्याम्पसमा यस्ता तल्लो, भ्रष्ट, अनैतिक र गैरकानुनी काम गरी जनप्रशासन विधा र क्याम्पसलाई नै देशभर बदनाम गराउने भ्रष्ट कार्यमा संलग्न सम्पूर्ण दोषीहरुलाई तुरुन्तै छानबिन समिति बनाई निष्पक्ष छानबिन गरी कानुनी कारबाहीको लागि जोडदार माग गर्दछौं।’

विद्यार्थी संगठनहरुले २ दिन भित्र यस विषयमा आफ्नो पाँच बुँदे मागहरु पुरा नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी पनि दिएका छन्।

यो पनि

जन-प्रशासन क्याम्पसमा भ्रष्टाचार : लेखाका कर्मचारीले निकाले विद्यार्थीको धरौटी रकम

वैशाख २२, २०८० शुक्रबार १२:१०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।