सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न रास्वपाले बोलायो बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय समिति र केन्द्रीय समितिको संयुक्त बैठक आज बस्दैछ।
सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता गर्ने भन्ने विषयमा छलफल गर्नका लागि आज बैठक बोलाइएको हो।
साँझ ५ बजे केन्द्रीय कार्यालयमा बस्ने बैठक रास्वपा सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा केन्द्रित हुने बताइएको छ।
सभापति रवि लामिछाने उपनिर्वाचनमा विजयी भएपछि प्रचण्डले उनलाई फेरि सरकारमा आउन फकाइरहेका छन्।
वैशाख २२, २०८० शुक्रबार ०९:५४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।