आज विशेष चन्द्र ग्रहण, जहाँ कालो छायाँले छोप्दैन चन्द्रमालाई

काठमाडौं : आज नेपालमा पेनम्ब्रल चन्द्र ग्रहण लाग्दैछ। ग्रहण भए पनि चन्द्रमा छायाँ खासै नदेखिने हुनाले यसलाई विरल छायाँ चन्द्र ग्रहण भनिन्छ।
शास्त्रीय मान्यताले भने यस ग्रहणलाई मान्ने गरेको छैन।
खग्रास चन्द्र ग्रहणमा कालो छायाँले चन्द्रमालाई पूरै छोपेको देखिन्छ भने खण्डग्रासमा केही भाग मात्र छोपेको देखिने गर्छ। तर यस चन्द्र ग्रहणमा कालो छायाँले चन्द्रमालाई छोपेको नदेखिने भएकाले यसलाई विशेष मानिन्छ।
यस ग्रहणमा पृथ्वीको हल्का छायाँ मात्र पर्ने हुनाले चन्द्रमाको आकारमा परिवर्तन नआउने र रंग भने हल्का परिवर्तन हुने खगोलविदहरु बताउँछन्।
वैशाख २२, २०८० शुक्रबार ०९:२५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।