प्रकृतिको पूजा गरी आज उँभौली पर्व मनाइँदै

प्रकृतिको पूजा गरी आज उँभौली पर्व मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। 

यस पर्वमा बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ।

यस समयमा गर्मी बढ्ने भएकाले यो समुदाय बेंसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो। 

उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नती होस् भन्ने पनि रहेको पाइन्छ।

यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ। यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ।

वैशाख २२, २०८० शुक्रबार ०९:०२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।