महानगरको कार्यालयमै तास खेल्छन् नगर प्रहरी, तीन जना कारबाहीमा तानिए

महानगरको कार्यालयमै तास खेल्छन् नगर प्रहरी, तीन जना कारबाहीमा तानिए

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका तीन नगर प्रहरीले कार्यालय समयमा कार्यालयमै तास खेल्ने गरेको खुलेको छ।

बुधवार दिउस टेकुमा रहेको नगर प्रहरी बलको कार्यालयमा ३ जना नगर प्रहरीले पोसाकमै तास खेलेका थिए। उनीहरूले तास खेलिरहेको तस्बिर महानगर केन्द्रमा पुगेपछि कारबाही प्रक्रिया अगाडि बढाएको छ।

नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाले कार्यालय समयमा पोसाकमै तास खेलेका हुन्।

बानिया कम्पनी करार मार्फत नगर प्रहरीमा आएका हुन्। उनलाई फिर्ता पठाउने तयारी सुरु भएको र बाँकी दुई जनामाथि छानबिन सुरु भएको स्रोतले बतायो।

अन्य नगर प्रहरीले पनि कार्यालयमै तास खेल्ने जानकारी आएपछि अन्य व्यक्ती पनि छानबिनको दायरामा तानिएका छन्। तर नाम खुलाइएको छैन।

वैशाख २१, २०८० बिहीबार १७:०७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।