टोपबहादुरका छोरालाई पनि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

टोपबहादुरका छोरालाई पनि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँः एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पनि तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। 

नक्कली भुटानी शरणार्थी खडा गरी ठगी धन्दामा लागेको आरोपमा सन्दीप बुधबार पक्राउ परेका थिए। 

बुटवलबाट पक्राउ परेका उनलाई बिहीबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो । उनलाई बिहीबार नै बुटवलबाट काठमाडौँ ल्याइएको थियो । 

उनका बुवा टोपबहादुर भने अझै अज्ञात छन्। प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ। 

यसै प्रकरणमा मुछिएका तत्काली गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई पनि जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ। 

वैशाख २१, २०८० बिहीबार १६:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।