बाजुरा केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प

बाजुरा केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प

बाजुरामा भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको  बिछिया केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 

केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भई तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो ।

वैशाख २१, २०८० बिहीबार १४:००:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।