ईपीएसबाट दक्षिण कोरिया जाने कामदारका लागि तोकियो हवाइ भाडा

काठमाडौं : ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने कामदारहरूका लागि हवाई भाडा तोकिएको छ।
वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्सबीच भएको सम्झौतापछि प्रति कामदारका लागि ८९५ अमेरिकी डलर (१ लाख १६ हजार रुपैयाँ) निर्धारण गरिएको कम्पनीले आज एक सूचना निकालेर जानकारी गराएको छ।
कम्पनीले नेपाल राष्ट्र बैंकको प्रचलित विनियम दर बमोजिम हुन आउने रकम सोझै तोकिएको बैंक खातामा जम्मा गरी टिकट लिनसमेत कामदारहरूलाई आग्रह गरेको छ।
तोकिएको रकमभन्दा बढि रकम कसैले लिएमा वा लिने कोसिस गरेमा कम्पनीको ईपीएस शाखा वा वैदेशिक रोजगार विभागमा उजुरी गर्न कम्पनीले आग्रह गरेको छ।
वैशाख २१, २०८० बिहीबार ११:३७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।