सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधियो

काठमाडौं : हवाइ उडानको नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ।
प्राधिकरणद्वारा निर्धारित ग्राउन्ड ह्यान्डलिङ सम्बन्धि नयाँ सेवा शुल्क तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय कार्यान्वयन नगरेकोमा प्राधिकरणले अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको हो।
प्राधिकरणको पत्रमा भनिएको छ, ‘प्राधिकरणद्वारा निर्धारित ग्राउन्ड ह्यान्डलिङ सम्बन्धि नयाँ सेवा शुल्क तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय कार्यान्वयन नगरेकोमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई एकाउन्टेबल म्यानेजरबाट किन नहटाउने?’
प्राधिकरणद्वारा निर्धारित ग्राउन्ड ह्यान्डलिङ सम्बन्धि नयाँ सेवा शुल्क तथा गौतमबुद्ध अ.वि.मा ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५०% छुट दिने सरकारको निर्णय कार्यान्वयन नगरेकोमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई Accountable Manager बाट किन नहटाउने भनी स्पष्टीकरण सोधिएको छ।
— Civil Aviation Authority of Nepal (@hello_CAANepal) May 3, 2023
गत भदौमा सरकारले विमानस्थल सेवा शुल्क नियमावली- २०७८ बमोजिम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुयानहरूलाई अर्को निर्णय नहुँदासम्म ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो।
वैशाख २१, २०८० बिहीबार ०७:४४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।