नक्कली शरणार्थी प्रकरणमा पृर्व गृहमन्त्री बादलको छोराको नाममा पक्राउ पुर्जी

काठमाडौँ : नक्कली भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने भन्दै ठगीमा संलग्न गिरोहलाई सघाएको आरोपमा पूर्वमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन्।
बुधवार साँझ उनी पक्राउ परेका हुन्। उनको बाबु रायमाझी विरुद्ध पनि पक्राउ पुर्जी जारी भए पनि पक्राउ परेका छैनन्।
पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे बुधवारै पक्राउ परिसकेका छन्।
प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८ सय ७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाएको आरोपमा प्रहरी अनुसन्धानमा छ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन्।
तत्कालीन गृहमन्त्री बादलको छोरा प्रतीक विरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ।
यस अगाडि गिरोहका सक्रिय सदस्य रहेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङ र सागर राई पक्राउ परेका थिए।
वैशाख २०, २०८० बुधबार २३:०७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।