टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

नक्कली भुटानी शरणार्थी खडा गरी ठगी धन्दामा संलग्न रहेको अभियोग लागेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन्। 

उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

वैशाख २०, २०८० बुधबार २२:३२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।