कँडेल मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेका दाना उद्योग संघका उपाध्यक्ष निलम्बित

आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी अनुसन्धानमा रहेका दाना उद्योग संघका उपाध्यक्ष प्रदीप कुमार रुङ्गटालाई संघले निलम्बन गरेको छ।
आज प्रेस विज्ञप्ति जारी गर्दै संघले अनुसन्धानमा सहजीकरण गर्न भन्दै निर्दोष प्रमाणित नहुँदासम्म निलम्बन गरिएको जनाएको छ।
आज सबेको संघको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।
चितवनका पोल्ट्री व्यवसायी तथा नेपाली कांग्रेसका नेता शंकर कँडेल मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन गरेको भन्दै दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको थियो। जसमा एक जना उनै रुङ्गटा हुन्।
दुवै जनाविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कँडेल मंगलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए ।
परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको थियो।
वैशाख २०, २०८० बुधबार १९:०१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।