पक्राउ पुर्जी जाारीपछि टोपबहादुर रायमाझीको प्रतिक्रियाः मेरो कुनै संलग्नता छैन, आश्चर्य लागिरा'को छ

प्रकाउ पुर्जी जारी भएपछि एमाले सचिव तथा तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने ठगी धन्दामा उनीसहित उनका छोरा मुछिएपछि आज जिल्ला अदालत काठमाडौंले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसहित पुगेका रायमाझाीले कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै भने,' आश्चर्य लागिराछ । जहाँसम्म भुटानी शरणार्थीका नाममा गैरशरणार्थीलाई अमेरिका लैजाने भन्ने कुरा छ, त्यसमा मेरो संलग्नता छैन।'
आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको विषय पनि आफूलाई जानकारी नभएको उनले बताए।
'सन्दीप रायमाझीको नाममा डेढ करोडको चेक भन्ने जुन कुरा आयो, सन्दीप रायमाझी त अरू पनि छन्, तर मेरो छोरो हो जो भनौं, त्यो चेक ४ वर्ष अगाडिको छ । त्यो चेक हामीसँग छैन । बैंकमा साटियो/साटिएन पनि थाहा छैन,' यत्तिकै लेखिदिँदा आफूलाई अफ्ठ्यारो लागेको उनले बताए।
उनले आफू काठमाडौं जान लागेको भन्दै यसबारे बुझेर मात्र थप प्रतिक्रिया दिने बताए।
बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।
वैशाख २०, २०८० बुधबार १७:५४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।