प्रचण्ड मन्त्रिपरिषद् नवौँ पटक विस्तार, कांग्रेसबाट थपिए तीन जना मन्त्री

प्रचण्ड मन्त्रिपरिषद् नवौँ पटक विस्तार, कांग्रेसबाट थपिए तीन जना मन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

बुधबार दिउँसो बसेको सत्तारुढ गठबन्धन दलको बैठकपछि कांग्रेसबाट धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू मन्त्री बनेका छन्। 

गुरुङलाई कानुन न्याय तथा संदीय मामिला, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बूलाई युवा तथा खेलकुद मन्त्री बनाइएको छ।  

योसँगै प्रचण्ड मन्त्रिपरिषद् नवौँ पटक विस्तार भएको छ तर पनि मन्त्रिपरिषद्ले पूर्णता पाइसकेको छैन। 

गुरुङ स्याङ्जा २ बाट एमालेकी पद्या अर्याललाई हराउँदै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने बस्नेत सिन्धुपाल्चोकबाट निर्वाचित सांसद हुन्। 

त्यस्तै लिम्बूले मोरङ क्षेत्र नम्बर १ बाट एमालेका घनश्याम खतिवडालाई पराजित गरेका थिए। 

वैशाख २०, २०८० बुधबार १७:१४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।