टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी

एमाले सचिव तथा तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौंबाट पुर्जी जारीभएसँगै रायमाझीका बाबुछोरालाई पक्राउ गर्ने बाटो खुलेको हो।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने भनी ठगी धन्दामा रायमाझी र उनका छोरा पनि सामेल भएको देखिएको छ।
बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।
वैशाख २०, २०८० बुधबार १५:४३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।