दार्चुलामा हराएकामध्ये तीन जनाकाे शव भेटियो, दुई जना अझै बेपत्ता

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी बेपत्ता पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव भेटिएको छ।
मंगलबारदेखि हिमपहिरोमा हराइरहेकामध्ये तीन जनाको शव बुधबार विहान भेटिएको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए।
हिमपहिरोमा बेपत्ता रहेका यार्सा संकलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना बेपत्ता भएका थिए।
मंगलबार दिउँसोदेखि सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो।
बुधबार विहानदेखि पुनः खोजी कार्य जारी राखिएको थियो।
वैशाख २०, २०८० बुधबार १३:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।