पानी जमेको खाल्डोमा डुबेर १२ महिने बालकको मृत्यु

पर्सा : जिल्लामा पानी जमेको खाल्डोमा डुबेर १२ महिने बालकको मृत्यु भएको छ।
कालिकामाई गाउँपालिका–५ बिरञ्चीबर्वास्थित चापाकलको पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा जिराभवानि गाउँपालिका–३ परसवा बस्ने रसलिला महतो केवटको छोरा १२ महिने जितेन्द्र महतो केवट रहेका छन्।
मंगलबार दिउँसो खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पोखरीया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
वैशाख २०, २०८० बुधबार ११:२७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।