१९ वर्षीया किशोरी बलात्कार आरोपमा मामाघरका बस्ने १६ वर्षीय किशोर पक्राउ

दाङ : १९ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँ घर भई हाल बबई गाउँपालिकाद्द६ कौसीलापुर मामा घरमा बस्ने १६ वर्षीय किशोर रहेका छन्। उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
किशोरले ती किशोरीलाई गत शनिबार ललाई फकाई आफ्नै खाली घरमा लगि जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
वैशाख २०, २०८० बुधबार ११:१८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।