नर्स अनुमा श्रेष्ठ मृत्यु प्रकरणः कोशी अस्पतालका डा. सुजन ढकाल पक्राउ

नर्स अनुमा श्रेष्ठ मृत्यु प्रकरणः कोशी अस्पतालका डा. सुजन ढकाल पक्राउ

काठमाडौँः वीर अस्पतालकी नर्स मृत्यु प्रकरणमा प्रहरीले डाक्टर सुजन ढकाल पक्राउ गरेको छ। 

नर्स अनुमा श्रेष्ठको मृत्युबारे अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले बताए। 

काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका-१६ बोहराटारका डा ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको थियो।

श्रेष्ठको मृत्यु भएको स्थानबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको थियो ।

उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेकी थिइन्। 

वैशाख १९, २०८० मंगलबार २१:१७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।