थप ५५ जनामा कोरोना पुष्टि, ११ जना आईसीयूमा

काठमाडौं : नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ हजार ७१८ जनामा भएको परीक्षणमा ५५ जना नयाँ संक्रमित भेटिएका हुन्।
मन्त्रालयका अनुसार यस अवधिमा ५३ जना संक्रमणमुक्त भएका छन् भने २ हजार ४७७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
देशमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या २५२ जना रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।
अस्पतालमा उपचाररतमध्ये ११ जना आईसीयूमा उपचाररत छन्।
वैशाख १९, २०८० मंगलबार १८:१५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।