बुवाको हत्या अभियोगमा ३० वर्षीय छोरा पक्राउ

बुवाको हत्या अभियोगमा ३० वर्षीय छोरा पक्राउ

कञ्चनपुर : आफ्नै बुवाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

७१ वर्षीय बुवा धनबहादुर खड्काको हत्या गरेको अभियोगमा पुनर्वास नगरपालिका–४ कार्कीचोकका ३० वर्षीय गणेशबहादुरलाई प्रहरीले मंगलबार विहान पक्राउ गरेको हो।

घरायसी झै–झगडा हुँदा गणेशले गएराति काठको लाठी प्रहार गरी बुवाको हत्या गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

वैशाख १९, २०८० मंगलबार १७:५४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।