'मेरो चरित्रहत्या गर्न पछिल्लो समय केही मानिस नियोजित रूपमा लागिपरेका छन्'

'मेरो चरित्रहत्या गर्न पछिल्लो समय केही मानिस नियोजित रूपमा लागिपरेका छन्'

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सभापति देउवापत्नी आरजु राणाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्न खोजिएको भन्दै दुःख व्यक्त गरेकी छन्। 

आज एक विज्ञप्ति नै निकालेर उनले पछिल्ला दिनमा केही व्यक्तिहरू चरित्रहत्या गर्ने दूषित मनसाय लिएरै लागिपरेका आरोप लगाइन्। 

उनले सामाजिक सञ्जामार्फत भनेकी छन्- मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोहीविरुद्ध आधारहीन गाली गलौज र लाञ्छाना लगाउने अधिकार छैन ।'  

नियोजित रुपमा आफ्नो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै आफूविरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक भएको उनले बताएकी छन्।

'तथ्यमा रहेर कसैको हस्तक्षेपबिना विचार राख्ने र मिडियामार्फत सूचना र विचारहरू दिन सकिन्छ तर नियोजित रुपमा म बिरुद्ध व्यक्तित मानर्मदन गर्ने र हुँदै नभएका आधारहीन विभिन्न विवादहरूमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरूको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु,' उनले भनेकी छन्। 

वैशाख १९, २०८० मंगलबार १७:१०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।