राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैंले बेहोर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च आफैंले बेहोर्ने भएका छन्।
राष्ट्रपति कार्यालयले आज एक प्रेस नोट जारी गर्दै यसबारे जानकारी गराएको हो।
उक्त सूचनामा भनिएको छ-उपचारका क्रममा भएको खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ।
त्रिभुवन शिक्षण अवस्पताल महाराजगञ्जमा भर्ना गरिएका राष्ट्रपति पौडेललाई त्यहाँ उपचार हुन नसकेपछि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आर्युविज्ञान संस्थान एम्समा उपचार गराइएको थियो।
वैशाख छ गते त्यसतर्फ उपचारका लागि गएका राष्ट्रपति आइतबार साँझ स्वदेश फर्किएका थिए।
वैशाख १९, २०८० मंगलबार १२:४४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।