एकतर्फी रुपमा खुल्यो पृथ्वी राजमार्ग, जाम हटाउन अझै केही घण्टा लाग्ने

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फी रुपमा खुलेको छ।
धुनीबेंसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेश खोला पुलमा जमिन भासिंदा सोमबार अपराह्न ४ बजेदेखि राजमार्ग ठप्प बनेको थियो।
आज बिहान १० बजेबाट राजमार्ग एकतर्फी खुलाइएको हो।
भासिएको ठाउँमा ग्यावियन जाली भरेर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए।
राजमार्ग सुचारु गर्न नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले रातभर पनि काम गरेका थिए।
यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सवारी जाम हटाउन हम्मे हम्मे छ। बाटो एकतर्फी खुलाइए पनि तत्कात सहजै बाटो पास गर्न कठिन छ।
वैशाख १९, २०८० मंगलबार ११:१०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।