पूर्वगृहमन्त्री बादलका सल्लाहकार पक्राउ, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोग

काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार उनलाई आज (मंगलबार) बिहान ललितपुरबाट पक्राउ गरिएको हो।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइने भन्दै करोडौं रुपैयाँ गर्ने गिरोहका मुख्य योजनाकारका रुपमा उनी पक्राउ परेका हुन्। हाल उनीमाथि सोधपुछको कार्य सुरू गरिएको छ।
वैशाख १९, २०८० मंगलबार ११:००:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।