विश्व साइकलयात्री पुष्कर शाहलाई रास्वपाले पार्टी कार्यालय छिर्न दिएन !

विश्व साइकलयात्री पुष्कर शाहलाई रास्वपाले पार्टी कार्यालय छिर्न दिएन !

विश्व साइकल यात्री पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयभित्र आफूलाई साइकल लैजान निषेध गरेको भन्दै दुःख व्यक्त गरेका छन्। 

आज फेसबुकमार्फत शाहले बसुन्धारास्थित उक्त पार्टीका उपाध्यक्ष तथा सांसद डीपी अर्यालले चिया गफका लागि निम्ता दिएर जाँदा पार्टी कार्यालयमा रहेका पालेले साइकल भित्र लैजान नदिएको गुनासो गरेका हुन्। 

उनले लेखेका छन्- चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो ।अध्यक्ष ज्युलाई नि भेट्नु पर्यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँ : फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्नगी 

सिमसिमे पानीमा भिज्दै गए पनि आफू भित्र पस्न नपाएको भन्दै उनले आफैंलाईं धिक्कारेका छन्। 

वैशाख १८, २०८० सोमबार १७:२९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।