थप १९ जनामा कोरोना संक्रमण, ११ जना आईसीयूमा

काठमाडौं : नेपालमा थप १९ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ३७५ जनामा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित सबै पीसीआर परीक्षण गरेकाहरु हुन्।
सोही अवधिमा ६४ जना संक्रमणमुक्त हुँदा २९ हजार ३९९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। योसँगै देशभर कोरोना सक्रिय संक्रमितको संख्या २८३ पुगेको छ।
काठमाडौं उपत्यकामा आईसीयूमा मात्र ११ जना संक्रमित हुँदा १ जना भेन्टिलेटरमा छन्।
वैशाख १८, २०८० सोमबार १६:४६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।