धार्केमा पुल प्वाल पर्यो, यातायात पूर्ण रूपमा ठप्प

काठमाडौं : धादिङको धार्केमा मोटरेवल पुल प्वाल पर्दा पूर्ण रूपमा यातायात ठप्प भएको छ।
जिल्लाको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको धार्केस्थित गणेश खोलाको मोटरेवल पुल भासिँदा यातायात पूर्णरूपमा ठप्प भएको हो।
दिउँसो केहि समय परेको पानीले धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्के तर्फको पुलको एकापट्टीको भाग भासिएको थियो।
पुल भासिएसँगै वैकल्पिक मार्गको तयारी थालिएको छ।
वैशाख १८, २०८० सोमबार १६:३६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।