प्रविणराज पोखरेल बने ‘नमस्ते पे’को नयाँ सीईओ

काठमाडौं : ‘नमस्ते पे’को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीणराज पोखरेल नियुक्त भएका छन्।
डिजिटल पेमेन्ट्स कम्पनीको संचालक समितिले पोखरेललाई नयाँ सीईओको रुपमा नियुक्त गरेको हो।उनले आईतबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्।
नवनियुक्त सीईओ पोखरेलले बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैंकविहीनहरूलाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा काम गर्न आफू धेरै केन्द्रित हुने बताए।
पोखरेलसँग बैंक वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरूमा २६ वर्ष काम गरेको अनुभव छ।
यसअघि पोखरेलले एफ वान सफ्ट इन्टरनेशनल र एम नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन्।
यस्तै उनिसँग ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौं र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गरेको अनुभव छ।
वैशाख १८, २०८० सोमबार ११:१६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।