नेपालको सानदार बलिङ चलिरहँदा टियु मैदानमा वर्षा, फाइनल खेल रोकियो

नेपालको सानदार बलिङ चलिरहँदा टियु मैदानमा वर्षा, फाइनल खेल रोकियो

काठमाडौं : नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपाल वर्षाको कारण रोकिएको छ।

खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले सानदार सुरुवात गर्दै १४ औं ओभरमा मात्र ५१ रनमा यूएईको सुरुवाती ५ विकेट झारिसकेको थियो।

टियु मैदानमा पानी पर्न थालेपछि खेल हाल रोकिएको छ। खेल रोकिंदासम्म ​​​​​​​यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ।

खेलमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले यूएईका ओपनर तथा कप्तान मोहमद वासिमलाई मात्र ११ रनमा आउट गरे।

यसपछि करण केसीले अर्का खतरनाक ब्याटर वृत्य अरविन्दलाई पनि मात्र ८ रनमा पेभोलियनको बाटो देखाए।

अर्का ओपनर आर्यन लाक्रालाई १३ रनमा करणले नै आउट गर्दा रमिज सहेजादलाई ललित राजवंशीले मात्र १ रनमा फिर्ता पठाए।

रोहन मुस्तफा पनि मात्र २ रनमा सन्दीप लामिछानेको बलमा क्याच आउट भएका थिए।

वैशाख १८, २०८० सोमबार १०:४१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।