रवि सरकारमा आए भ्रष्टाचारको सबै फाइल खोल्ने प्रचण्डको जिकिर

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका छन्।
आज (सोमबार) चितवनमा पत्रकारसँग कुरा गर्दै उनले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताए।
यसअघि रविले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार हुनुपर्ने माग राखेका थिए। ‘तपाईं सरकारमा आउनुस्। भ्रष्टाचारको कुन फाइल खोल्नुपर्यो, म खोल्न तयार छु,’ प्रचण्डले भने।
रविले रास्वपा सरकारमा सहभागी हुनेबारे आफ्नो पार्टीमा सल्लाह गरेर निर्णय दिने बताएको पनि प्रचण्डले उल्लेख गरे।
उनले यो सरकार पाँच वर्ष नै टिक्ने समेत बताए।
वैशाख १८, २०८० सोमबार ०९:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।