नेपालले फाइनलमा यूएईविरुद्ध टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय

नेपालले फाइनलमा यूएईविरुद्ध टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय

काठमाडौं : नेपालले एसीसी प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध टस जितेको छ।

टियु क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

यस खेलमा यूएईलाई हराउन सके नेपालले पहिलो पटक एसिया कप खेल्नेछ।

नेपाल पहिलो पटक एसिया कपमा छनोट हुन तथा भारत र पाकिस्तानसँग खेल्नका लागि मात्र एक जित टाढा छ। 

एसीसी प्रिमियर कपको उपाधि विजेता टिम यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

तर प्रतियोगिता सानदार प्रदर्शन गरेर उच्च लयमा रहेको नेपाललाई आजको खेलमा चिन्ता भने वर्षाको छ।

मौसम पूर्वानुमान अनुसार आज दिनभर काठमाडौंमा पानी पर्ने सम्भावना रहेको छ। त्यसैले काठमाडौंको पानी नै फाइनल खेलको निर्णायक पक्ष बन्ने देखिन्छ।

वैशाख १८, २०८० सोमबार ०८:४८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।