भारतमा उपचार गराएर स्वदेश फर्किए राष्ट्रपति पौडेल

भारतमा उपचार गराएर स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल भारतमा स्वास्थ्य उपचार सकेर स्वदेश फर्किएका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार गए राति नेपाल एयरलाइन्सको नियमित उडानबाट उनी नेपाल फर्किएका हुन्।

छातीमा संक्रमण देखिएपछि राष्ट्रपति पौडेल एयर एम्बुलेन्समार्फत यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए।

उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो।

वैशाख १८, २०८० सोमबार ०७:१३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।