थप ६० जनामा कोरोना संक्रमण, ९ जना आईसीयूमा

काठमाडौं : नेपालमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ हजार ४७३ जनामा परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको हो।
यस अवधिमा ५५ जना संक्रमणमुक्त हुँदा २ हजार ६३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अहिले देशभर ३२८ जना सक्रिय संक्रमित छन्।
मन्त्रालयले सार्वजनिक गरेको विवरणमा २८ जना संस्थागत आइसोलेसनमा रहँदा ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन्।
वैशाख १७, २०८० आइतबार १६:५६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।