शेयर बजारका सबै सूचक ओरालो, ९५ करोडको कारोबार

शेयर बजारका सबै सूचक ओरालो, ९५ करोडको कारोबार

काठमाडौं : साताको पहिलो दिन शेयर बजारका सबै सूचक ओरालो लागेका छन्।

बजारको समग्र परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १९.११ अंक घटेर १८७० अंकमा कायम भएको छ।

आइतबार कुल ९५ करोड ४३ लाख रुपैयाँको कारोबार भयो। २६ कम्पनीको मूल्य बढ्दा १८९ को घट्यो भने ४ को स्थिर रहृयो।

बैंकिङ ९, विकास बैंक ४२, फाइनान्स २०, होटल तथा पर्यटन २६, जलविद्युत् ४५, जीवन बीमा ८७, उत्पादन ४१, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ४६, अन्य १८ र ब्यापार उपसमह ३५ अंक घटे।

मिथिला लघुवित्तको मूल्य सबैभन्दा धेरै २.५ प्रतिशत बढ्यो भने अपर सोलु हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.७ प्रतिशत घट्यो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, तारागाउँ रिजेन्सी, नबिल बैंक र ओरियन्टल होटल क्रमशः अगाडि रहे।

वैशाख १७, २०८० आइतबार १५:२६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।