वार्ता हुँदा–हुँदै प्रधानमन्त्रीले दुई पटक फोन गर्नुभयो : महावीर पुन

वार्ता हुँदा–हुँदै प्रधानमन्त्रीले दुई पटक फोन गर्नुभयो : महावीर पुन

काठमाडौं : राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुन र सरकारकाबीचमा भएको वार्ता सकारात्मक भएको छ।

वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले वार्ता सकरात्मक भएको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो दिएकोमा खुसी व्यक्त गरे।

‘वार्ता हुँदा–हुँदै हुदै प्रधानमन्त्रीले दुई पटक फोन गरेर चासो राख्नु भएको थियो,’ उनले भने, ‘आज रातिसम्म बसेरै भए पनि सहमति गर्ने कुरा छ।’

उनले वार्ता टोली गठन गरेर साँझ ५ बजे पुन वार्तामा बस्ने सहमति भएको जानकारी गराए।

‘प्रधानमन्त्रीको निर्देशनमा १ बजे रक्षामन्त्रीको निमन्त्रणमा हामी आएका थियौं। पाँच बजे टोली गठन गरेर आन्दोलनको माग पूरा गर्ने निर्णय भएको छ,’ उनले भने, ‘छलफल सकारात्मक छ। भोलि कागजमा हुँदा कस्तो होला थाहा छैन।’

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनकाबीचमा सिंहदबारमा पहिलो चरणको वार्ता भएको थियो।

वैशाख १७, २०८० आइतबार १५:०३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।