चितवनमा नौ महिनामा वन्यजन्तुको आक्रमणबाट ९ जनाको मृत्यु

चितवनमा नौ महिनामा वन्यजन्तुको आक्रमणबाट ९ जनाको मृत्यु

चितवन : चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट चितवनमा नौ जनाको मृत्यु भएको छ।

चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ६ जनाको निकुञ्ज क्षेत्रमा र तीन जनाको डिभिजन वन क्षेत्रमा मृत्यु भएको हो।

निकुञ्ज क्षेत्रमा एक जनाको बाघको आक्रमणबाट, दुई जनाको गैँडाको आक्रमणबाट, तीन जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

अन्य चार जनाको डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय नवलपुर, डिभिजन वन कार्यालय मकवानपुरका क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएको हो।

डिभिजन वन क्षेत्रमा भने बँदेल, गैँडा, बाघलगायतका जनावरको आक्रमणबाट मृत्यु भएको उनले बताए। यस्तै यस समयमा जनावारको आक्रमणबाट १२ जना गम्भीर घाइते र १५ जना सामान्य घाइते भएको उनले जानकारी दिए।

निकुञ्जले चालु आवमा क्षतिको राहत स्वरुप एक करोड ५० लाख ७१ हजार रुपैयाँ बुझाएको बताइएको छ।

वैशाख १७, २०८० आइतबार १२:३२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।