प्रिमियर कपमा तेस्रो बन्न ओमानले पायो १३१ रनको सहज लक्ष्य

काठमाडौं : कुवेतले एसीसी प्रिमियर कपको तेस्रो स्थानको लागि भएको खेलमा ओमानलाई १३१ रनको सहज लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेत ३१.३ ओभरमा १३० रनमै अल आउट भयो।
कुवेतलाई सस्तैमा समेट्न ओमानका स्पिनर जय ओडेराले पाँच विकेट लिए। उनले ५.३ ओभरमा मात्र १४ रन खर्चेर ५ विकेट लिएका थिए।
कुवेतका लागि ओपनर आदनान इद्रिसले सर्वाधिक ३४ रन बनाए।
यस खेलको विजेता टोली एसिसी इमर्जिङ टिम एसिया कपका लागि छनोट हुनेछ। इमर्जिङ टिम एसिया कप तीन टिम छनोट हुनेमा यसअघि नै फाइनलमा पुग्दै नेपाल र यूएई छनोट भइसकेका छन्।
वैशाख १७, २०८० आइतबार ११:५७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।