मिटरब्याज पीडितको विपक्षमा उभिने जो सुकैलाई पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

मिटरब्याज पीडितको विपक्षमा उभिने जो सुकैलाई पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

जनकपुरधाम : गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको विपक्षमा उभिने जो सुकैलाई पनि कारबाही हुने बताएका छन्।

आज (आइतबार) जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने उल्लेख गरे।

‘पीडित भनेको पीडित नै हो। त्यो कुनै पार्टीको भनेर म चिन्दिनँ, सरकारले नि चिन्दैन। कुनै पार्टीको नेता, पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने छ,’ उनले भने।

कार्यक्रममा मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकारले चालेका कदमलाई समर्थन गरेकोमा उनले सबै राजनीतिक दल र मधेस प्रदेश सरकारलाई धन्यवाद दिएका थिए।

वैशाख १७, २०८० आइतबार ११:२२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।