सिन्धुलीमा कार भिरमा खस्यो, २ जनाको घटनास्थलमै मृत्यु

सिन्धुली : सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
काठमाडौंबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार कमलामाई नगरपालिका–३ पिपल भञ्ज्याङभन्दा तीन घुम्तीमाथि बीपी राजमार्गमा दुर्घटना भएको हो।
कार अनियन्त्रित भइ सडकबाट बायाँतर्फ २० मिटर तल भिरमा खसेको थियो।
दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौं महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाईंको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
दाहालका अनुसार गम्भीर घाइते प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
वैशाख १७, २०८० आइतबार ११:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।